२३ भदौ, जलेश्वर ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच भयानक झडप भएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली चलाउँदा प्रहरीको गोली लागी ३ जना प्रदर्शनकारी मारिएका छन् ।
अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि मारिनेको संख्या ४ पुगेको बताइएको छ ।
अन्य १ दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
गोली लागेर प्रदर्शनकारी मारिएपछि अवस्था तनाग्रस्त बनेको छ ।
यस अघि आजै बाराको कलैयामा पनि एक प्रदर्शनकारी मारिएका थिए ।