माघ, काठमाडौं ।

बंगलादेशमा भइरहेको यु-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत ७ औं स्थानमा भएको खेलमा नेपाल नामिवियासँग पराजित हुन पुगेको छ ।

यो हार सँगै नेपालले विश्वकप खेल्नका लागि सोझै छनौंट हुने पाउने अवसर पनि गुमाएको छ ।

सन्दिप लामिछानेले अण्डर-१९ मा बनाए रेकर्ड

पराजित भएपछि नेपाली टिमका कप्तान राजु रिजालले आफूहरुले प्रेसर थेग्न नसकेको स्वीकार गरे ।

‘हाम्रो शुरुवात निक्कै राम्रो भयो तर मिडल अर्डर ब्याट्सम्यानहरुले जिम्मेवारी पुरा गर्न सकेनन्’ राजुले भने ।

नामाविया विरुद्ध सुनिल धमलाको अर्धशतक

अन्तिम खेलमा पराजित भएपछि पोष्टम्याच प्रतिक्रिया दिँदै राजु रिजालले आफूहरुले अन्तिम २० ओभरमा खेल हारेको प्रतिक्रिया दिए ।
आगामी खेलमा राम्रो खेल्ने उनले बताएका छन् ।