१० माघ, काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ विरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यसअघि बिहीबार पोखराको लेकसाइडबाट राजिव गुरुङ अर्थात दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उनी पक्राउ परेका थिए । दुवैलाई पक्राउपछि म्याद थपको लागि अदालतमा पेश गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालयमा राखिएका मनाङ्गेलाई प्रहरीको अनुसन्धानपछि कारवाहीको प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।