२९ साउन, कालिकाेट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रम स्थलमा बिस्फोट भएको छ ।

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सहभागी हुन गृहजिल्ला पुगेका मुख्यमन्त्री शाही सहभागी कार्याक्रम स्थल नजिकै विष्फोट भएको हो । ममुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले कार्याक्रम स्थल नजिकै २ वटा बम बिस्फाेटकाे आवाज सुनिएको बताए ।

बिष्फोट मुख्यमन्त्रीलाई नै लक्षित हो वा होइन भन्ने खुलेको छैन । बिस्फोटस्थलमा कसैको पर्चा नभेटिएको विप्लव समूहको संलग्नता रहेको अनुमान छ । घटनामा कुनै मानवीय क्षति नभएको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।