२१ साउन, काठमाडौं । हास्य टेलिश्रृंखला ‘भद्रगोल’ अहिले प्रसारणमा छ्रैन । गता साता प्रसारण भएको ‘भद्रगोल’ पुरानै दोहोर्‍याइयो । हुन त ‘भद्रगोल’को प्रसारणमा रोकावट आएको यो पहिलोपटक होइन । यसअघि पनि आर्थिक कारोबारमा कुरा नमिलेपछि ‘भद्रगोल’को प्रसारण रोकिएको थियो ।

अहिलेको रोकावट चाहिँ किन ?
टेलिश्रृंखलाका लेखक तथा निर्देशकमध्येका एक कुमार कट्टेलले नयाँ आर्थिक वर्ष लागेसँगै केही सम्झौता र नविकरणहरु गर्नुपर्ने भएकोले यसको प्रसारण रोकिएको हो । हामी चाँडोभन्दा चाँडो यसलाई समाधान गरेर हामी छिट्टै टेलिभिजनमा देखिनेछौं । साथै मुन्नि भूमिकाको भित्रिएसँगै बन्द भएको भनेर भइरहेको प्रचारलाई कुमारले निराधारको संज्ञा दिए । ‘मुन्नि सिरियलमा आउनु र भद्रगोल बन्द हुनु संयोग मात्र हो ।’