२१ साउन, एजेन्सी ।

गत विश्वकप फुटवलमा इटालीका डिफेण्डर चेलीनीलाई टोकेर उरुग्वेका स्ट्राइकर लुइस स्वारेज ब्यापक विवादमा परेका थिए । त्यस्तै फ्रान्सेली फुटवल लेजेण्ड जिनेदिन जिदानको हेडबट पनि इतिहासमै चर्चित मानिन्छ ।

अव यस्तै विवादास्पद चर्चामा सँधै सभ्य र अनुशासित मानिने लियोनल मेस्सी समेत परेका छन् ।

Messi Headbut 1

अर्जेन्टिनाका कप्तान तथा बार्साका स्टार लिओनल मेस्सीले नाउ क्याम्पमामा भएको मैत्रीपूर्ण खेलका क्रममा रोमाका म्याफू योङ एबीवालाई हेडबट गरेपछि पहेलो कार्ड पाएका हुन् । यद्यपी उनलाई रातो कार्ड भने दिइएन ।

Messi Headbut 2

खेलको २७ औं मिनेटमा मेस्सीकै टिमका ब्राजिली स्टार नेयमारले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी टिम दवामै रहेपनि रोमाका फ्रान्सेली डिफेण्डर म्याफू योङ आबेगमा आएपछि भने मेस्सीलाई झोंक चल्यो आफू तिर टाउकोले हान्न खोजेपछि मेस्सीले पनि हेडबट गर्दै धकेलिदिए ।

Messi Headbut

रेफ्रीले दुवै खेलाडीलाई पहेंलो कार्ड मात्र दिएका कारण मेस्सी रातोकार्डबाट भने जोगिएका छन् ।