१२ असोज, राँझा ।  बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

फाइल फाेटाे

दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश–३–२–००–११८५ नं को मोटरसाइकल सडकको छेउमा रहेको विद्युत्को पोलमा ठोक्किँएर दुर्घटना भएको थियो ।

थापा उक्त मोटरसाइकलमा सवार रहेका थिए । घाइते मोटरसाइकल चालक खजुरा गाउँपालिका–४ का २३ वर्षीय आशिष थापाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । रासस