१ असोज, एजेन्सी ।
सार्क सम्मेलनका नेपालआएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्निले आफ्नो सुरक्षा ब्यवस्थाबारे जानकारी माग गर्दै उजुरी गरेपछि उनको निक्कै चर्चा भएको थियो ।
त्यसको एक वर्ष हुन लाग्दा माहौल बदलिएको छ । मोदीकी पत्नि जसोदाबेनले मोदीको जन्मदिनमा विशेष व्रत राखेर आफ्नो लागि मोदी भगवान भएको प्रतिक्रिया दिएकी छिन् ।
मोदीले वर्षौं अघि छोडेर हिँडेकी जसोदा बेन अहिले मोदीसँग बस्दिनन् । आफ्ना भाइसँग बस्दै आएकी उनले पतिको नाममा ब्रत बसेको र मोदीलाई भगवान मान्ने बताएपछि उनी एक पटक फेरि समाचार हेडलाइन बनेकी छिन् ।