१ असोज, काठमाडौं ।
नेपालमा संविधानसभाले संविधान पारित गरेपछि भारतले पठाएका विशेष दुत नेपाल पठाउने भएको छ एस शंकर यतिबेला काठमाडौंमा भेटवार्तामा ब्यस्त छन् ।
भारत सरकारको विशेष दुतकोरुपमा विदेश सचिव एस जयशंकरले १ दिनमै सबै भिआइपीसँग भेट्ने तालिका छ । उनले शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
९ बजेर ३० मिनेटमा नेपाल ओर्लिएका जयशंकर काठमाडौं ओर्लिने वित्तिकै ब्यस्त भएका हुन् । ओलीलाई भेट्न उनी ओली निवास बालकोटनै पुगेका छन् ।
प्रधानमन्त्री कोइरालालाई साँझ ५ बजे बालुवाटारमा भेट्ने तालिका भएका जयशंकरले त्यस अघि प्रचण्डलाई लाजिम्पाट पुगेर भेट्ने छन् ।
उनले ३ बजेर राष्ट्रपति रामबरण यादवसँग शितल निवाशमा भेट्नेछन् ।
उनले भारतीय दुताबासमा लञ्च कार्यक्रम पनि राखेका छन् । शनिबार विहान भारत फर्किनु अघि उनले मधेशी नेताहरुलाई समेत भेट्नेछन् ।