२१ साउन, काठमाडौं ।

पछिल्लो समयमा नेपाल टेलिकम एनटीसीका प्रयोगकर्ताहरुले रिचार्ज नहुने र ब्यालेन्स ट्रान्सफर नहुने समस्याले दिक्क छन् । टेलिकमको रिचार्ज गर्दा पटक पटक प्रयास गर्नु पर्ने र कतिपय अवस्थामा रिचार्ज नै नहुने धेरैको गुनासो छ ।

नेपाल टेलिकमले हालै लागु गरिएको संयुक्त रिचार्ज कार्डबीच लोड ब्यालेन्स नमिल्दा रिचार्ज हुन गाह्रो भैरहेको जनाएको छ । टेलिकमले हालै मात्र सबै मोबाइल सेवामा प्रयोग गर्न मिल्ने संयुक्त रिचार्ज कार्ड एनटी रिचार्ज कार्ड लागु गरेको थियो ।

rechargecard

पुरानो कार्ड र नयाँ कार्डको लोड ब्यालेन्स नमिलेका कारण यस्तो समस्या भएको एनटिसीको भनाइ छ । यसका लागि नयाँ बिलिङ सिष्टम ल्याउन लागेको समेत एनटिसीले जनाएको छ ।