एजेन्सी।
चिनियाँ सेना बिना चीनको परिचय अधुरै रहन्छ। २२ लाख संख्यामा रहेको चिनियाँ सेनाको बारेमा नयाँ नयाँ जानकारीहरु सार्वजनिक भइरहेका हुन्छन्। आफ्नै खास विशेषता भएका चिनियाँ सेनाको सन २०१५ को बजेट मात्रै १४३ बिलियन अमेरिकी डलर छ ।
चीनले आफ्नो सेनालाई आधुनिकीकरण गर्दै लगेको छ भने हावा, पानी र जमिनमा चिनियाँ सेना शक्तिशाली बन्दै गएको पश्चिमी मिडियाले बारम्बार लेख्ने गरेका छन्। आधुनिक हतियार र प्रविधीका बाबजुत चिनियाँ सेना केही अभ्यास भने नितान्त मौलिक छन्।
चिनियाँ सेनका केही अभ्यासहरु निकै कठिन र डरलाग्दा र अपत्यारिला मानिन्छन्। चिनियाँ सञ्चारमाध्यमहरुले त्यस्तै केही डरलाग्दा सेनाका अभ्यासका तस्विरहरु सार्वजनिक गरेका छन्।
डरमाथि जित हासिल गर्न चिनियाँ सेनालाई विषालु सर्प समातेर खान लगाइने गरेको उल्लेख सञ्चारमाध्यमहरुले गरेका छन्। सैन्य अभ्यासका क्रममा अभ्यासा सहभागीहरुले जंगलबाट सर्प समातेर काच्चै खानु पर्ने हुन्छ।