२८ वैशाख, सिरहा ।
सिरहाको लहान स्थित सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटले माथिल्लो तलामा रहेको कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपानेको कार्यकक्षसंगै टासिएको शौचालयमा सो विस्फोट भएको हो ।
बम विस्फोटबाट भवनको पाँचवटा कोठाका भित्ता चर्किएका छन् भने झ्यालका शिशा फुटेको छ । इलाका प्रहरी लहानका प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेयको टोली घटनास्थल पुगेको छ । घटना कसले गराएको हो भन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको नायब उपरिक्षक पाण्डेयले बताए ।
विस्फोट पछि कर्मचारी तथा सेवाग्राही भवन बाहिर बसेका छन भने कार्यलयको काम प्रभावित बनेको छ ।