कुशल श्रेष्ठ

रोमन पात्रोको अनुसार अधिकांश फेब्रुअरी महिनामा २८ दिन हुने गर्दछ। तर यो वर्ष (२०१६) ‘अधिक वर्ष’ (Leap year) भएकोले गर्दा यस वर्षको फेब्रुअरी महिनामा २९ वटा दिन परेको छ।

अधिक वर्षको अवसरमा गुगलको वेबसाइटले पनि नयाँ डुडल चित्र राखेको छःleap year- google doogle

विद्यालयमा पनि विद्यार्थीहरूले अधिक वर्षलाई अङ्ग्रेजीमा Leap year भनेर पढ्ने गर्छन्। तर धेरैलाई यो थाहा छैन कि Leap year के हो? अनि यसले के सङ्केत गर्दछ? फेरि हाम्रो नेपाली पात्रोमा त यस्तो केहि पनि छैन। त्यसो भए…

के हो त अधिक वर्ष?

अधिक चार वर्षमा अन्तरमा पर्ने वर्षको फेब्रुअरी महिनाको अन्तिममा १ दिन थप्ने वर्ष नै अधिक वर्ष हो।frog_2153983b

साधारणतयाः भ्यागुतालाई Leap year सँग जोडेर प्रसङ्ग उठाइन्छ। यो Leaping Frog हो। यानिकी ‘उफ्रिएको भ्यागुतो’ हो।

४ ले भाग जाने वर्ष नै अधिक वर्ष हो। जस्तै; २००८, २०१२, २०१६, २०२० र २०२४। यी वर्षहरूमा अधिक दिन (Leap day– फेब्रुअरी २९) पर्दछ। तर १०० ले भाग जाने अनि ४०० ले भाग नजाने वर्षहरू (जस्तै; १७००, १८००, १९००, २१००, २२०० र २३००) लाई अधिक वर्ष मानिएतापनि, यी वर्षहरूमा अधिक दिन पर्दैन।

सौर्यमण्डल प्रक्रिया र रोमन पात्रोको असमानताले गर्दा नै अधिक दिन थप्नु परेको हो। पृथ्वीले सूर्यलाई पूर्णरूपमा घुम्नको लागि ठ्याक्कै ३६५.२४२२ दिन लगाउँछ, तर रोमन पात्रोले केवल ३६५ दिन मात्रै राखेको छ।

त्यसैले पृथ्वीको चाल र गतिसँगै पात्रो र समयलाई समान राख्न अधिक दिन र अधिक वर्ष राखिएको हो।

यो अधिक दिन फेब्रुअरीमा नै किन परेको?

रोमन पात्रोका सबै महिनाहरूमा ३० वा ३१ दिन रहेको छ, तर प्राचीन रोमन सम्राट ‘सिजर अगस्टस’को घमण्ड र लोभको कारण फेब्रुअरीमा २८ वटा मात्रै दिन भएको रोमन इतिहासमा उल्लेखित छ।copydoodlesaccessclub_leap_year_calendar_FF66OO

के मानिन्छ भन्दा, सबै महिनाको नाम प्राचीन सम्राट अथवा सम्राटपुत्रको नामबाट राखिएको हो। त्यसैगरी सिजर अगस्टसका गुरु ‘जुलियस सिजर’को नाममा पनि २ वटा महिना रहेको थियो- फेब्रुअरी (३० दिन) र जुलाई (३१ दिन)। तर सिजर अगस्टसको नाममा रहेको ‘अगस्ट’ महिनामा केवल २९ दिन मात्रै रहेको थियो।

त्यसपछि जब अगस्टस सम्राट बने, उनले आफ्नो ‘अगस्ट’ महिनामा २ दिन थपेर जुलाईको बराबर बनाए। जसको कारण फेब्रुअरीबाट २ दिन हटाउनुपरेको थियो।

त्यसैले अधिक दिन थप्ने अरू कुनै महिना नभएकोले नै फेब्रुअरीमा थपिएको हो।

त्यसो भए.. फेब्रुअरी २९ मा जन्मदिन परे के गर्ने?

यो अधिक दिनमा जन्मदिन पर्ने सम्भावना भनेको १४६१ मा केवल १ मात्रै रहेको छ। फेब्रुअरी २९ मा जन्मिने व्यक्तिहरूलाई Leaplings अथवा Leapers भन्ने गरिन्छ। अधिक वर्ष नपरेको वर्षमा Leapers हरूले कि फेब्रुअरी २८ कि मार्च १ मा आफ्नो जन्मदिन मनाउँछन्। तर कोहि कोहि यस्ता पनि हुन्छन्, जसले फेब्रुअरी २९ लाई नै कुरेर बस्छन्।