२३ मंसिर, एजेन्सी । यी हँसिली युवती फिनल्याण्डकी हुनेवाला प्रधानमन्त्री हुन् । उनी महिला मात्रै होइन विश्वकै कान्छी प्रधानमन्त्री बन्दैछिन् ।
३४ वर्ष पुगेकी सान्ना मरिन् फिनल्याण्डामा महिलाको नेतृत्ववाला गठबन्धन सरकारको प्रमुख हुन लागेकी हुन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको उमेर ३९ वर्ष छ । प्रधानमन्त्री एंटी रिनाले राजीनामा दिएपछि सोशल डेमोक्रेटिक पार्टीले प्रधानमन्त्रीमा हाल परिवहन मन्त्री रहेकी सान्नाला ई चुनेको हो । उनले यसै हप्ता सपथ ग्रहण गर्न सक्ने बीबीसीले जनाएको छ ।
उनी ५ पार्टीको मध्य वामपन्थी गठबन्धनको नेतृत्व गरिरहेकी छिन् । यी सबै पार्टीको अध्यक्ष महिला रहेका छन् । देशमा भएको हुलाक सेवाको हड्तालका विषयमा प्रधानमन्त्री एंटी रिनाले विश्वासको मत गुमाएपछि उनले राजीनामा गरेका थिए ।