१९ पुस, काठमाडौं ।

भारतीय राजदुत रञ्जेत रे एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज दिउसो भएको भेटमा अध्यक्ष प्रचण्डले राजदुत रे सँग नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

Prachanda ranjit ray

सचिवालय श्रोतले दिएको जानकारी अनुसार भेटका क्रममा राजदूत रेलाई अध्यक्ष प्रचण्डले ‘नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस्’ भनेका थिए । जवाफमा भारतीय राजदूत रेले पनि भारत पनि समस्या समाधान होस् भन्न चाहेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

जनयुद्ध घोषणा गर्ने बेला बाबुरामका कारण कैयौं रात सुत्न सकिन- प्रचण्ड

मधेशी मोर्चा र प्रमुख दलबीच हुने भनिएको निर्णायक वार्ता अघि राजदुतले प्रचण्डलाई भेटेका हुन् ।

नाकाबन्दी नहटेसम्म प्रधानमन्त्री भारत टेक्दैनन्

आज साँझ प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज छलफल हुने कार्यक्रम छ । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले मधेसी मोर्चासँग बेलुकी ६ बजे वार्ता गर्न लागेका हुन् ।