५ पुस,एजेन्सी । रसियाले आफ्नो देशमा गुप्तचरी गरि बसेका विभिन्न देशका ३०० भन्दा बढि व्यक्तिलाई पहिचान गरेको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको गुप्तचर पहिचान गर्ने संयन्त्रले अहिलेसम्म ३२० जना व्यक्ति तथा एजेन्टहरु पत्ता लगाएको बताएका हुन्। पुटिनले रसियाको गुप्तचर सेवाका कर्मचारीहरुको एक कार्यक्रममा यस्ता जानकारी सार्वजनिक गरेका हुन्।

विभिन्न देशका गुप्तचर सस्थालहरुले रसियामा गतिविधी बढाएको भन्दै पुटिनले रसियाको सुरक्षा संयन्त्रले त्यसलाई उचित जवाफ दिने दृढता व्यक्त गरे।

राष्ट्रपति पुटिनले रसियाको सुरक्षा संयन्त्रले देशको सिमासंगै  भ्रष्टचार र आर्थिक अपराधकाबाट देसलाई बचाउने उल्लेख गरे।

फाइल तस्बिर

फाइल तस्बिर

पुटिनले सिरियमा विमान चालक देखि गुप्तचरी विशेषज्ञहरुले निकै राम्रो काम गरकेो भन्दै प्रशंसा गरेका थिए।। उनले सिरियामा रसियाले आफूसंग भएका सम्पुर्ण साधन प्रयोग नगरेको भन्दै आवश्यक परे त्यो पनि गर्ने बताएका थिए ।

पुटिनले आतंकवादीहरुले अन्तराष्ट्रिय समुदायमाथि खुल्ला रुपमै युद्धको घोषणा गरेको र तिनीहरुको गतिविधीले रसियामाति खतरा बढाएको बताए।