१९ पुस, रसुवा । पासाङ ल्हामु मार्गको धुन्चे कालिकास्थान सडक खण्डको मूलखर्कमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

काठमाडौंबाट सदरमुकाम धुन्चे आउँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो । बसमा ९ जना यात्रु रहेका थिए । दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । बस सडकबाट अन्दाजी एकसय मिटर तल खसेको छ ।

घाइतेलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । बस सडक बाट एक सय मिटल तल खसेको बताइएको छ ।