५ असोज, काठमाडौं ।

बिहीबार नयाँदिल्ली गएर शुक्रबार विशेष दूत एस जयशंकरसाग फर्किएका भारतीय राजदूत रन्जित राय सोमबार फेरि दिल्ली उडेका छन् ।

आइतबार सााझ ५ बजे संविधानसभाबाट संविधान जारी हुने समय थियो ।

तर, उनी ४ बजेतिर शीतलनिवास पुगेकाले राष्ट्रपति पौने ६ बजे मात्र संविधानसभामा आएका थिए ।

Ranjit rayदिल्ली जानुअघि उनले आइतबार राति प्रधानमन्त्री सुशील कोइरालालाई र सोमबार बिहान एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेका थिए ।

रन्जित राय दिल्ली पुग्नासाथ भारतले छिमेकी नेपालको खुसीयालीमा आक्रोशित भएर विज्ञप्ति जारी गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।