१२ असोज, काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा चौथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको घोषणा गरेको छ ।
पाकिस्तानी रक्षामन्त्रीले भने- भारत विरुद्ध विशेष बम प्रयोग हुन्छ
आगामी बडादशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले भविष्यमा संविधान संशोधनद्वारा नेपाललाई सनातनधर्म सापेक्ष हिन्दू– राष्ट्र घोषणा गराउने अभियान चलाउने कार्यक्रम रहेको बताए ।
उनले परराष्ट्र नीतिका सञ्चालकले परिस्थितिले पैदा गरेको जटिलता र गतिशीलताभित्र उचित र परिपक्क सन्तुलन कायम गर्नसक्ने कुटनीतिक सिल्प, कलाकौसल र बुद्धिमता देखाउन सक्नुपर्ने धारणा पनि राखे ।
उनले आदिवासी, जनजाति र मधेसीले उठाएका जायज मागलाई पन्छाएर संविधानको पूर्ण कार्यान्वयन सम्भव नरहेको बताए ।