५ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नयाँ संविधान लागू भएको अवसरमा चाँदीको सिक्का जारी गर्ने भएको छ । संविधानसभाबाट संविधान निर्माण भई जारी गरिएको अवसरको सम्झनामा २ हजार रुपैंयाँ दरका चाँदीको सिक्का निस्काशन तथा विक्री वितरण गरिने राष्ट्र बैंकले जानकारी दिएको हो ।

त्यस्तै १ सय रुपैंयाँ दरका क्यूप्रोनिकेल धातुका स्मारिका सिक्का निष्काशन तथा जारी गरिने राष्ट्र बैंकले जनाएको छ । संविधानले आर्थिक समृद्धिको ढोका खुलेको भन्दै राष्ट्र बैंकले सबैमा शुभकामनासमेत व्यक्त गरेको छ ।

nepal rastriya bank

राष्ट्र बैंकले मुलुकका लागि आवश्यक पर्ने नोट तथा सिक्का जारी गर्नुका साथै मौद्रिक उपकरणमार्फत् मूल्यस्थिरता, वित्तीय स्थायित्व र बाह्य मुद्रा व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्र बैंकलाई सरकारको आर्थिक सल्लाहकारका रुपमा समेत लिने गरिएको छ ।