२१ साउन, काठमाडौं ।
रिओ ओलम्पिकको फुटबलतर्फ पहिलो खेलमा नै ब्राजिल रोकिन पुगेको छ । आज बिहान भएको खेलमा ब्राजिल १० खेलाडीमा सीमित दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको हो ।
बालुवाटार छिर्नु अघि प्रचण्ड सचेत, ९ वर्ष अघिको घटनाले डराए
ब्राजिलको तर्फबाट नेयमार, उदयीमान खेलाडी ग्याब्रियल बारबोसा र भर्खरै म्यानचेस्टर सिटी पुगेका ग्याब्रियल जेससलाई ब्राजिली प्रशिक्षकले मैदानमा उतारे पनि टिमले जित भेटाउन सकेन ।
ओलम्पिकमा प्रभावशाली प्रदर्शनका लागि नेयमार डेढ महिना अघिको कोपा अमेरिकामा खेलेका थिएनन् ।
बालुवाटार छोडेको २ दिन पछि केपी ओलीको ट्वीट
२०१४ मा ब्राजिल आफ्नै देशमा भएको विश्वकप फुटबलमा सेमिफाइनलमा जर्मनीसँग ७–१ गोल अन्तरले पराजित भएको थियो । त्यो हारको पीडालाई भुलाउन पनि ब्राजिल ओलम्पिकमा फुटबलको स्वर्ण जित्न चाहन्छ ।
प्रचण्ड प्रधानमन्त्रीः भारतीय र चिनियाँ मिडियाको प्रतिक्रिया (फिचर)
समूह एको बाँकी खेलमा अब ब्राजिलले इराक र डेनमार्कसँग खेल्न बाँकी छ ।