२ असार, एजेन्सी।
फुटबलर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने निर्णय गरेको पोर्चुगलको पत्रपत्रिकाले जनाएका छन्।
पोर्चुगलको दैनिक पत्रका ‘अ बोला’को अनुसार स्पेनी कर विभागहरुको व्यवहारले रिसाएपछि रोनाल्डोले क्लब र स्पेन छोड्ने निर्णय गरेको बताएको छ।
स्पेनी कर विभागहरुले रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोलाई १४.७ मिलियन युरो कर छलेको आरोप लगाएका छन्। आरोप रोनाल्डोले अस्वीकार गरेका छन्।
सन् २०१६ नोभेम्बरमा रोनाल्डोले बेर्नाबुमै बस्ने गरी क्लबसंग आफु ४१ वर्ष नहुन्जेलसम्म फुटबल खेल्ने ५ वर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए।
रोनाल्डोले रियल म्याड्रिडबाट खेल्न थालेपछि सन् २०१२ पश्चात पहिलोपटक क्लबले ला लिगाको टाइटल जितेको थियो।