२० कात्तिक, एजेन्सी । आयुष्मान खुरानाको आगामी फिल्म ‘बाला’ पछिल्लो केही दिनदेखि विवादमा घेरिएको हो । अहिले फिल्ममाथि नयाँ विवादा आइलागेको छ । खासमा दुई नयाँ फिल्मका निर्माताहरुले यो फिल्मको कहानी चोरी गरिएको आरोप लगाउँदै अदालत पुगेका छन् ।

निर्माताहरुले ‘बाला’को फिल्मको कहानी आफ्नो फिल्म ‘द बिगिनिङ दु गेट बोल्ड’बाट चोरिएको बताएका छन् । उनीहरुले फिल्मको पूरा ट्रेलर र शुरुवाती २० मिनेट आफ्नो फिल्मबाट कपि गरिएको दाबी गरेका छन् । जयपुरको जिल्ला अदालत र सेसन न्यायाधीसले ‘बाला’को डिस्ट्रिब्यूटर र प्रोड्युसरविरुद्ध एक आदेश जारी गर्दै ६ आजसम्म अदातलमा हाजिर हुन आदेश दिएको छ ।

केहीमहिना अघि बालाका निर्माताहरुविरुद्ध उजुरी दर्ता गराउने निर्देशक कमलकानत चन्द्राले एकपटक फेरि फिल्म प्रदर्शनमै रोक लगाएको छ । निर्देशक चन्द्राले फिल्मको स्क्रिप्ट आफ्नो फिल्मबाट चोरेको आरोप लगाएका थिए ।

‘बाला’मा आयुष्मानको साथमा भूमी पेडनेकर, यामी गौतम, सौरभ शुक्ला र सीमा पाहवाको मूख्य भूमिका छ । स्मरण रहोस् ‘उजडा चमन’का निर्माताहरुले फिल्म ‘बाला’माथि कन्टेन्ट चोरेको आरोप लगाएका थिए । जुन आरोप ‘बाला’ निर्माताहरुले नकार्दै आफ्नो प्रदर्शन मिति परिवर्तन गरेका थिए । फिल्मले आत्मप्रेमको भावनालाई समेटेको नायक आयुष्मान खुरानाले बताए ।