४ मंसिर, काठमाडौं ।

नेकपा एमालेको युवा संगठन युवा संघका रुपन्देही कार्यवाहक जिल्ला अध्यक्षको गोली हानी हत्या भएको छ । अज्ञात समूहको गोली लागेका युवासंघ जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहेका दुर्गा तिवारीको निधन भएको हो ।

बामदेवको एक डाइलगले भाँडियो सभामुखले बोलाएको छलफल !

रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरेनीमा तिवारीमाथि गोली हानिएको हो । उनलाई अज्ञात समूहले गोली प्रहार गरेपछि अस्पताल पुर्‍याइएको थियो ।

durga-tiwari-yuba-sangh

आक्रमणकारीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रुपन्देही युवा संघले घटनाका अपराधी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने माग गरेको छ ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .

५ नम्बर प्रदेश टुक्राउन नहुने माग गर्दै एमालेको नेतृत्वमा संविधान संसोधनो विरुद्धको आन्दोलन चलिरहेको समयमा एमाले भातृ संगठनका जिल्ला नेता मारिएपछि तनाव बढ्ने संकेत देखिएको छ ।