६ फागुन, काठमाडौं । साताको तेश्रो दिन सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । मंगलबार २ सय रुपैयाँ बढेसँगै सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन तोलाको ७६ हजार ४ सय रुपैयाँ छ भने चाँदीको मूल्य ८ सय ९० रुपैयाँ तोलामा कारोबार भइरहेको छ ।

यसअघि पुस २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च तोलको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । उक्त दिन चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको थियो । उक्त समयमा ईरान र अमेरिकाबीचको तनावका कारण सुनचाँदीको मूल्यमा ब्यापक उछाल आएको थियो ।