१२ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा सामाग्री पोष्ट गर्नेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध महानगरले जाहेरी दर्ता गराएको हो । आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर अपराधको मुद्दामा जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ ।

चितवनमा शनिवार ज्ञानेन्द्र बहादुर शाहीमाथि आक्रमण भएपछि रेणुमाथी सामाजीक सञ्जालनमा गालीगलोजसहित चरित्र हत्याहुने स्टाटसहरु पोष्ट भएका छन् । चितवनका प्रहरी प्रमुख दानवहादुर मल्लले महानगरको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी आएको बताएका छन् ।