एजेन्सी । भारतको उत्तर प्रदेशमा रेलको ठक्करबाट ४ जनाको मृत्यु भएको छ । एउटा रेलबाट झर्ने क्रममा अर्को रेलले ठक्कर दिँदा एकै परिवारका एकै परिवारका ४ जनाको मृत्यु भएको हो । कानपुरबाट सुरत जान लागेका चारजना बलरई रेल स्टेशनमा दुर्घटनामा परेका भारतीय संचारमाध्यामले जनाएका छन् ।

बध एक्सप्रेस रेलमा यात्रा गरिरहेका चारजनाले भाडा महंगो भएको भन्दै रेलबाट झर्न खोज्दा दुर्घटनामा परेका थिए । उनीहरु महंगो भाडा तिर्नुपर्ने भएपछि उल्टो साईडबाट झरेर निस्किन खोजेका थिए । त्यही समयमा आएको राजधानी एक्सप्रेसले ठक्कर दिँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतमा रेल दुर्घटना र रेलको ठक्करबाट वर्षेनी ठूलो संख्यामा मानिसहरुको मृत्यु हुने गरेको छ । सन् २०१७ को एक रिर्पोट अनुसार सडक दुर्घटनामा परी एक वर्षमा ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु रेलको ठक्करबाट भएको छ ।