२१ साउन, वाइमेटी, न्यूजिल्याण्ड ।

न्यूजिल्याण्डमा एक रेष्टुरेन्टमा आगलागीमा रेष्टुरे्ट सञ्चालन गर्दै आएका ३ नेपालीको ज्यान गएको रेडियो न्यूजिल्याण्डले जनाएको छ ।

वाइमेटीमा रहेको एभरेष्ट इण्डियन नामको रेष्टुरेन्टमा आगलागी हुँदा रेष्टुरेन्ट सञ्चालक नेपालका ४९ वर्षीय तेज नारायण काफ्ले, श्रीमती टीका काफ्ले र छोरा प्रेम काफ्लेको निधन भएको समाचारमा जनाइएको छ ।

Nepalese die in Newzealand 1
उनीहरुको जलेर निधन भएको र अन्य परिवारका सदस्यहरु समेत घाइते भएको समाचारमा उल्लेख छ ।

Nepalese die in Newzealand

मृतक काफ्ले दम्पति र छोरा

गुल्मी घर भएका काफ्ले परिवारले न्यूजिल्याण्डमा ९ वर्ष देखि रेष्टुरेन्ट ब्यवसाय गर्दै आएका थिए ।

Nepalese die in Newzealand 2

उनीहरु सुतिरहेको समयमा आगलागी भएकाले हताहती भएको न्यूजिल्याण्ड प्रहरीलाई उदृत गर्दै रेडियो न्यूजिल्याण्डले जनाएको छ