५ असोज, रौतहट ।
गए राति प्रर्दशनकारीहरुले रौतहटको रङ्गपुर प्रहरी चौकी तोडफोड तथा आगजनी गरेका छन । प्रहरी चौकी भित्र रहेको प्रतिक्षालयमा आन्दोलनकारीले आगजनी गरेका छन भने भवनमा समेत तोडफोड गरेका छन । २ सय भन्दा बढिको समुहमा आएका आन्दोलनकारीले चौकीमा ढुङ्गामुडा गर्दै तोडफोड गरेका थिए । प्रहरी नबसेको सो चौकीमा आन्दोलनकारीले घण्टौ सम्म तोडफोड गरेका थिए ।
सहायक निरिक्षक श्याम तामा¨को नेतृत्वमा आठ जना प्रहरी कार्यरत रहेको रङ्गपुर चौकीमा आक्रमणको लागि ठुलो संख्यामा आन्दोलनकारी आई रहेको पूर्व सुचना पाए पछि प्रहरी बाहिरीएका थिए । चन्द्रनिगाहपुर बाट १२ किलोमिटर दक्षिण पश्चिममा रहेको सो प्रहरी चौकीमा प्रदर्शनकारीले गोल घरमा आगो लगाएको र तोडफोडका कारण भवनमा समेत क्षति पुगेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक मनोजकुमार यादवले बताए ।
दिउँसो समेत प्रर्दशन गरेका आन्दोलनकारीले राति भने प्रहरी चौकी जलाएका हुन । यता रौतहटको मध्य बजार गरुडामा हिजो साँझ ५ बजे देखी लगाइएको कर्फ्यू आज बिहान ४ बजेबाट हटाइएको छ ।
सोमवार दिउँसो भएको गरुडामा भएको झडपमा सुरक्षाकर्मीले चलाएको रबर बुलेटको छर्रा लागेर ६ जना घाइते भएका थिए । घाइते मध्ये स्थानिय दिलिप जयसवाललाई थप उपचारका लागी राति नै नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज लगिएको थियो ।