९ भदौ, रौतहट ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले उग्ररुप लिँदै जाँदा जिल्लाका केही प्रहरी चौकीलाई स्थानान्तरण गरिएको छ ।

शान्ति सुरक्षाको दृष्टिकोणले गर्दा केही मजबुत बनाउन अनिश्तिकालसम्मका लागि स्थानान्तरण गरिएको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।

उहाँका अनुसार केही सातादेखि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तिया, इलाका प्रहरी कार्यालय पिप्रारजवडालगायत २० भन्दा बढी प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टका सुरक्षाकर्मीलाई नजिकका पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार जिल्लाको अवस्थामा सुधार भएपछि ती स्थानमा यथावत्रुपमा प्रहरी परिचालन गरिने पनि उनले बताए । रासस