१५ फागुन, सिरहा ।सिरहाको पर्शा पोखर भिन्डा गाबिसमा गयराती ११ बजे भएको आगलागीमा १२ घर जलेका छन्, आगलागीमा परेर २० लाख भन्दा बढिको धनमाल नष्ट भएको छ । स्थानीय सतनी देबी राईको घरमा लामखुट्टे धपाउन बालेको धुपबाट सल्केको आगोले लम्ण साफी मन्जु साफी लगायतका १२ स्थानीयको घर , घरमा रहेको धान ,चामल, कपडा जलेर नष्ट भएको हो । घटनामा परी स्थानीय ४० बर्षिय लक्ष्मण साफी गम्भीर गम्भीर घाईते भएका छन । आगलागी हुने बित्तिकै स्थानीय बासीले प्रहरीलाई खबर गरेपनि प्रहरी घटना स्थलमा समयमा नपुगेको स्थानियवासीले बताएका छन् । लहानमा रहेको दमकललाई फोन गर्दा बिग्रिएको भन्दै नगएपछि क्षति बढेको हो ।