१८ मंसिर, मुस्ताङ । हिमाल पारीको जिल्लाका रुपमा मुस्ताङमा लेक लागेर एक भारतीय पर्यटकको ज्यान गएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बसेकी ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको हो । उनको अल्टिच्युड सिक्नेसका कारण उनको आज होटलमै मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतककाे ठेगाना भारतको छत्तीसगढ राइपुर हो ।