५ कात्तिक, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आजदेखि हुने भनिएको बंगलादेश भ्रमण स्थगित भएको छ ।
दिल निशान मगरः लोकमान सिंह कार्कीको आत्मकथा भाग- १
देशमा विकसित पछिल्लो राजनैतिक घट्नाक्रमका कारण बंगलादेशको ढाका जाने कार्यक्रम स्थगित भएको एमाले केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

फाइल तस्बिर
गलादेशको अवामी लिग पार्टीको भोलीदेखि शुरु हुने २० औं सम्मेलनमा भाग लिन ओली आज दिउँसो पौने २ बजे ढाका जाने कार्यक्रम तय भएको थियो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालको भोलीदेखि हुने जापान भ्रमण र माधव कुमार नेपालको पर्सि देखि हुने भनिएको भियतनाम भ्रमण पनि स्थगित हुन सक्ने संभावना रहेको कार्यालयका सचिव श्रेष्ठले बताए ।
लोकमान विरुद्ध लाग्दा गगन थापा र विश्व प्रकाशले कांग्रेस भित्रैबाट भेटे भयंकर डाइलग
अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोगको प्रस्तावका विषयमा छलफल गर्नुपर्ने भएपछि आजको ओलीको भ्रमण स्थगित भएको हो ।
यसअघि सभामुख ओनसरी घर्तीले आजदेखि गर्ने भनेको स्वीट्जरल्याण्डको ८ दिने भ्रमण पनि स्थगित गरेका थिए । कार्की विरुद्धको महाअभियोग प्रस्ताव पर्सि आइतबार संसदमा पेश गर्ने तयारी छ ।