६ चैत, काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको जोखिमका कारण लोकसेवा आयोगले पनि परीक्षा स्थगित गरेको छ ।

सरकारले हिजो एसइइसहित विश्वविद्यालय तहका सबै परीक्षा स्थगित गरेपछि लोकसेवा आयोगले पनि आज सूचना निकालेर लिखित परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको हो । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई चैत ८ गते शनिबारदेखि चैत मसान्तसम्म पूर्वनिर्धारित सबै परक्षिा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । सरकारले हिजो २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो ।