२९ असार, काठमाडौं ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली भूमी लिपु लेकका विषयमा भारत र चीनमा भएका नेपाली राजदुतहरुको भूमिका गौण रहेकाले उनीहरुको भूमिका के हो सरकारले तत्काल जानकारी लिएर काम कारवाहि अगाडी बडाउनु पर्ने माग गरेका छन् ।

मंगलबार भक्तपुरमा आइोजित एक कार्यक्रममा लामो समय सम्म भारतका सैनिकहरुले लिपु लेक कब्जा गरी बसेको र सैदान्तिक रुपमा चीनले सहमती गर्नु जायज भएको भन्दो चीनसँग हारगुहार गर्ने भन्दा पनि भारतसँग लिपुलेक नेपालको भएको भन्दै अन्तराष्ट्रिय अदालतमा जानु पर्ने उनको भनाइ छ ।

Narayan Man Bijukchhe

तर सरकार र सरोकारवाल मौन रहनुले सबैलाई आश्र्य पारेको उनको भनाई थियो । उनले नेपालको सिमा भारतले सत्तरी एकहत्तर स्थानमा मिचेको र सो सिमा भारतसँगै झगडा गरेरै लिनु पर्ने अवस्था भएकाले समेत सबे तैं चुप मै चुपको अवस्था देखिएको बताए ।

बजेट नेपाल र नेपालीका लागी भन्दा छिमेक मुखी

कार्यक्रममा बोल्दै बिजुक्छेंले लगातार व्यापार घाटा बेर्होर्र्दै आएको नेपालले विपत् पश्चात कुनै योजना र खाका बिनै ल्याउन लागेको बजेटले दक्षिणलाई नै फाईदा हुने बताए । उनले भन्नु भयो बारम्बार असफल भएका अर्थ मन्त्रीले फेरी पनि असफल बजेट ल्याउन लागेकाले देशको अर्थतन्त्रमा कुनै त्यस्तो सकारात्मक प्रभाव देख्न आशा गर्न सकिँदैन ।

उनले भने नेपालको कृषि उत्पादनमा ह्रास देखिनु र ब्यापार घाटा भोग्दै जानुका साथै नेपाली लाखौं युवा रोजगारका लागी बिदेश जाने अवस्थाको न्यूनिकरण तर्फ बजेट केन्द्रित बन्न नसकेकाले यो बजेट काम गरि खानेका लागि भारी सावित हुने निस्चित छ ।

पछिल्लो समयमा सभामुखले संसदमा समय आतंक मच्चाएको भन्दै उनले सभासदरुको राय सल्लाह र सुझाव भन्दा ठूला चार दलका शिर्ष नेताहरुको आज्ञालाई पालन गर्ने परम्पराको बिकासले संसदको मर्यादामा आँच पुगेको तर्फ सभामुखको ध्यान जान नसकेको आरोप लगाए ।

नेपालमा शान्ति सुरक्षाको अवस्था जव सम्म राजनीतिक दलका नेताहरुले कार्यकताहरुलाई ब्यवहारमा लागू गराउन सक्दैनन् तबसम्म देशको अर्थ खर्च हुने र सुरक्षाको अवस्था यस्तै रहिरहने उनले बताए ।