२८ कात्तिक, एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तको गृह विभागले हिन्दु छात्रा निमरित चन्दानीको बलात्कारपछि मृत भेटिएको प्रकरणमा अनुसन्धान गर्न म्याद थपेको छ । घटनाको अनुसन्धानका गरिरहेको लरकाना न्यायिक अनुसन्धान समितिको आग्रहलाई मध्यनजर गर्दै विभागले अनुसन्धानको लागि १ महिनाको म्याद थपेको हो ।

समाचार एजेन्सी आईएएनएसका अनुसार लरकानाको जिल्ला एवं सत्र न्यायाधीस तथा न्यायीक जाँज समितिका प्रमुख न्यायाधीस इकबाल हुसैन मैतलोले बीबी आसिफा डेन्टल एवं मेडिकल कलेजकी विद्यार्थी निरमित चन्दानीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानको लागि १ महिनाको समय माग्दै गृहविभागमा पत्र लेखेको थियो । रिपोर्ट तयार पार्न एक महिनाको समय लाग्ने भएकोले समय मागिएको न्यायाधीस इकबाल हुसैसन मैतलोको भनाइ छ ।

डेन्टल अध्ययनरत निमरित चन्दानी गत १६ डिसेम्बरमा आफ्नै होस्टलको कोठमा मृत भेटिएकी थिइन् । शुरुमा उनको मृत्युको प्रसङ्गलाई प्रशासनको आत्महत्या बताएको भएता पनि घरपरिवारको दबाबमा अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानमा उनको हत्या भएको पुष्टि भएको छ भने बलात्कार पछि हत्या भएको पनि पक्का भइसकेको छ । अनुसन्धानको लागि चन्दानीकै दुई साथीलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

सम्बन्धित समाचारः होस्टेलको कोठामा मृत भेटिएकी विद्यार्थीमाथि बलात्कार भएको पुष्टि

घटनाको अन्तिम पोस्टमार्टमा रिपोर्टमा उनीमाथि बलात्कार भएको बताइएको छ । मेडिको लिगलका अधिकृत डाक्टर अमृताले ६ नोभेम्बरमा दिएको रिपोर्टमा निमरितको बलात्कारपछि हत्या भएको उल्लेख गरिएको छ । डाक्टर अमृतालाई न्यायिक जाँच समितिले सोधपुछ गरेको पाकिस्तानी मिडियाले लेखेको छ । पाकिस्तानी पत्रिका डनले लेखेको छ, ‘अन्तिम पोस्टमार्टम रिपोर्टमाथि पनि प्रश्न उठाइएको छ भने अन्य न्यायिक समितिको दायरामा पोस्टमार्टमा रिपोर्टलाई पनि लिइएको छ ।’