२४ माघ, काठमाडौं । अनाहकमा विद्यार्थी कुटेका प्रिन्सिपलले माफी मागेका छन् । काठमाडौंको धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स स्कूलका प्रिन्सिपल सुरेश यादवले आफूले कुटेका विद्यार्थी सुदीप दाहाल र उनका अभिभावकसँग माफी मागेका हुन् ।

यादवले हिजो आइतबार विहानी प्रार्थनाको समयमा पीटी खेल्न नजानेपछि निलडाम र घाउ हुनेगरी कक्षा ९ का विद्यार्थी दाहाललाई कुटेका थिए । कुटेर घाइते भएका दाहाललाई आज घरमै भेटेर प्रिन्सिपल यादवले माफी मागेका सुदीपका बुबा घनहरी दाहालले जानकारी दिए ।

‘प्रिन्सिपलले घरमै आएर बाबु (सुदीप)सँग मैले गल्ती गरेँ भन्दै माफी माग्नुभयो, घनहरीले नेपाली हेडलाइन्ससँग भने, अबदेखि यस्तो घटना नहुनेगरी आपसमा मिलापत्र गरेका छौं ।’

विद्यालय प्रशासनले सुदीपको उपचार खर्च ब्यहोर्ने संकेत गर्दै लागेको हिसाब दिन भनेको घनहरीले जानकारी दिए ।