काठमाडौं, २ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक नेतालाई प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सो पार्टीका पोलिट्ब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की रहेका छन् । उनलाई प्रहरीको इकाई विशेष ब्यूरोले शुक्रबार साँझ पक्राउ गरेको प्रहरी स्राेतले जनाएकाे छ ।
हिंसा र आतंक फैलाएको भन्दै सरकारले हालै विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको छ ।