२२ फागुन, एजेन्सी।

फेसबुकका संस्थापक मार्क जुकरवर्ग विश्वका सबैभन्दा धनीहरुको सूचिमा १० स्थान माथी उक्लदैँ छैटौँ स्थानमा पुगेका छन्। गत वर्ष १६ औँ स्थानमा रहेका मार्कको कुल सम्पत्ति ४४.६ बलियन डलर रहेको छ।Mark-Zuckerberg

फोर्ब्सले सन् २०१६ को लागि विश्वका धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको हो। ३१ वर्षिय मार्क पहिलो पटक धनी व्यक्तिहरुको टप टेनमा परेका हुन।

फेसबुक सेयरको ९९ प्रतिशत कल्याणकारी कार्यको लागि दिने घोषणा गरिसकेका मार्क र प्रिन्सेलाको एक छोरी छिन्। यो वर्ष मात्र ११.२ बिलियन थप कमाइ गरेर मार्क १० स्थान फड्कदै छैँटौँमा आइपुगेका हुन।

विश्वका सबैभन्दा धनी व्यक्ति यो वर्ष पनि माइक्रोसफ्ट कम्पनिका सस्थापक बिल गेट्स नै रहेका छन्। ६० वर्षिय बिलसंग ७५ बिलियन डलर सम्पत्ति छ।

को को विश्वका टपटेन अर्वपतिको सूचिमा ?

१. बिल गेट्स : सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगा : सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेट : सम्पत्ति ६०.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलु : सम्पत्ति ५० अर्ब, मेक्सिको
५. जेफ बेजोस : सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्ग : सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसन : सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग : सम्पत्ति ४० अर्ब, अमेरिका
९. चाल्र्स कोच : सम्पत्ति ३९.६ अर्ब, अमेरिका
१०. डेभिड कोच : स्रम्पत्ति ३९.६ अर्ब, अमेरिका

यो पनि पढ्नुस्।

विश्वका १० उत्कृष्ट जीवनपद्धती अंगालेका देश

विश्वका १० सुन्दरी महिला रेसलर

विश्वका १० अनौठा इन्जिनियरिङ कार्य

विश्वका १० सुन्दर दृश्य भएका विमानस्थलहरू (तस्विर सहित)

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)