किताबको दुनियाँ पनि बढो अनौठो छ। किताबको महत्व मानिसको लागि कति छ यो त किताब पढ्ने मानिसले बुझेकै कुरा हो। हरेक वर्ष हजारौ किताब लेखिन्छ अनि पढिन्छ। कतिपय किताब त बजारमा आउनु अगावै बुकिङ पनि गरिन्छन्। तर विश्वमा यस्ता पनि किताब छन् जसको मुल्य तिरीसाध्य छैन। यस्ता दुर्लभ किताबलाई लिलामीमा पनि राखिन्छ। दुनियाँका धनीमानी यस्ता किताबमा बोली लगाउँछन, लाखौ रुपैया खर्च गर्न तयार हुन्छन् तै पनि किताब बिक्दैनन्। यी किताबको मुल्य अर्बौ रुपैयामा राखिएका हुन्छन्। प्रत्येक वर्ष ब्लुम्सबरी अक्सन मा यस्ता किताब लिलाममा राखिन्छन्।
पढ्नुहोस् विश्वकै सबैभन्दा महंगा किताबको बारेमा,
द कोडेक्स लिसेस्टर
लेखकः लियोनार्दो दा भिन्ची
मुल्यः ३०.८ मिलियन डलर
यो भिन्चीको सबैभन्दा प्रख्यात सान्टिफिक जर्नल हो। यसमा ७२ पेज छ र लियोनार्दो दा भिन्चीको हस्तलिखित पाण्डुलिपी छ। थोमस कुकले यो पाण्डुलिपीको पहिलो पटक सन् १७१७ मा किनेका थिए। पछि विश्वकै सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यो किताब करिब ३२० करोड नेपाली रुपैया बराबरको मुल्यमा किने।
द गस्पल अफ हेनरी द लायन
अर्डर अफ सेन्ट बेनेडिक्ट
मुल्यः ११.७ मिलियन डलर
यो इसास धर्मसंग सम्बन्धित किताब हो। करिब १२ सय वर्ष पुरानो यो पुस्तक रोमन संस्कृति माथी वर्णन गर्छ। यो धार्मिक किताबलाई जर्मन सरकारले सन् १९८३ मा लिलामीमा लण्डन स्थित सुदबे बाट ८,१४०,००० पाउण्ड मा किनेको थियो। यो किताबमा २६६ पेज छ।
बर्ड्स अफ अमेरिका
लेखकः जेम्स अडबन
मुल्यः ११.५ मिलियन डलर
सन् २००० मा बर्ड्स अफ अमेरिकाको एक प्रतिको लिलामी ८,८०२,५०० डलरमा गरिएको थियो। १० वर्ष पछि यसको दोस्रो संस्करणको लिलामी लण्डन स्थिन सुदबे ले ११.५ मिलियन डरलमा गरेको थियो।
द क्यानटरबरी टेल्स
लेखकः जेयोफ्रे चाउसर
मुल्यः ७.५ मिलियन डलर
अंग्रेजी कविताको जनक मानिने जेयोफ्रे चाउसरको सबैभन्दा चर्चित कृति क्यान्टरबरी टेल्सको पहिलो संस्करण सन् १९९८ मा ७.५ मिलियन डरलमा लिलामी गरि बिक्रि गरिएको थियो।
फर्स्ट पोलियो
लेखकः विलियम सेक्सपीयर
मुल्यः ६ मिलियन डलर
अंग्रजी साहित्यका महान नाटककार विलियम सेक्सपीयरको यो कृतिको मुख्य किताब सन् २०० मा न्युयोर्कमा भएको एक लिलामीमा ६ मिलियन डलरमा बिक्रि गरिएको थियो। माइक्रोसफ्टकै सह-सस्थापक पल एलेनले यो किताब किनेका थिए।
गुटेनबर्ग बाइबल
मुल्यः ४.९ मिलियन डलर
सन् १९८७ मा गुटेनबर्ग बाइबल ४.९ मिलियन डलरमा लीलामीमा ब्रिक्रि गरिएको थियो।
लुइस डुहमेल डु मोनकाउ
लेखकः पियरे एन्टोनी
मुल्यः ४.५ मिलियन डलर
बोटविरुवा बारे लेखिएको यो किताब यो क्षेत्रको सबैभन्दा महंगो किताब हो। यो किताबको ५ वटा भाग छन्।
जिओग्राफिया कस्मोग्राफिया
लेखकः क्याउडियस पोलेमी
मुल्यः ४ मिलियल डलर
विश्वको पहिलो प्रिन्टेड एटलस हो यो। यो सन् १४७७ मा प्रकाशित भएको थियो। सन् २००६ मा यसलाई ४ मिलियन डलरमा लिलामीमा बिक्रि गरिएको थियो।
द टेल्स अफ बीडल द बार्ड
लेखकः जेके रोलिङ
मुल्यः ३.९८ मिलियन डलर
हातबाटै लेखिएको यो किताबको बारेमा जेके रोलिङले पहिलो पटक ह्यारी पोर्टरको किताबमा पनि उल्लेख गरेकी थिइन। यसको सात प्रति छापिएको थियो, जसमा छ प्रति उनले आफ्ना साथीहरु र संपादकलाई दिएकी थिइन। आफुसंग भएको एक प्रति उनले अमेजन डट कम मा लिलामीमा राखेकी थिइन। आधुनिक कालमा लेखिएको किताबले पाएको यो मुल्य सबैभन्दा उच्च हो। यो ३.९८ मिलियन डलरमा बिक्रि भएको थियो।
द फर्स्ट बुक झफ युरीजेन
लेखकः विलियम ब्ल्याक
मुल्यः २.५ मिलियन डलर
सन् १७९४ मा पहिलो पटक छापिएको यो किताब को केबल ८ प्रतिमात्र छन्। सन् १९९९ मा यसको एक प्रति २.५ मिलियल डलरमा लिलामी गरिएको थियो।
यो पनि पढ्नुहोस्।
संसारकै सबैभन्दा महंगा १० फिल्म हल (फोटो फिचर)
संसारकै सबै भन्दा महंगा अत्याधुनिक १० होटल (फोटो फिचर)
दुनियाँका सबैभन्दा महंगा १० सुन्दरी (फोटो फिचर)