२१ औ शताब्दी सम्म आइपुग्दा मानिसहरु लाग्ने गर्छ कि आफुलाइ मनपर्ने वा मननपर्ने छान्ने आफ्नो हकको कुरा हो। त्यसो त यो गलत भ्रममा नपर्दै राम्रो। यस्ता केही देशहरु छन् जहाँ निकै अनौठा नियम छन्। त्यहाँको सरकार र नियमकर्ताहरुले अनौठा अनि कतिपय अवस्थामा हास्यास्पद वस्तुहरुमा रोक लगाएका छन्। प्रस्तुत छन् विश्वका अनौठा बन्देजहरु,
सोमालियामा समोसा

सोमालियाको जिहादी आतंकवादि समुह अल-शाबाबले सोमालियामा समोसा प्रतिबन्ध गरेको छ। यस्तो अनौठो प्रतिबन्धको पछाडी समोसाको ३ चुच्चो ‘ईसाई होली ट्रिनिटी’संग मिल्न जाने अनि यो खानेकुरा त्यसैले ‘इसाई’ भएको भन्दै यो अतिवादी जत्थाले प्रतिबन्ध लगाएको हो।
कुकुरलाइ आदार

संयुक्त राज्य अमेरिकाको एउटा राज्य ओक्लाहोमामा कसैले पनि कुकुरको अगाडी रिसाएको वा मननपरेको जस्तो अनुहार बनाएमा मात्र पनि कारवाहीमा परिन्छ। कि त जेल सजाँय हुन्छ कि जरिवाना तिर्नुपर्ने हुन्छ।
भारतीय सरकारी कर्मचारीको जीमेल

सरकारले आफ्नो कर्मचारीको गतिविधि मुल्यांकन गर्न सजिलो होस् भनि जीमेल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। आफ्नो देशको सरकारी जानकारी अर्को कुनै देशको कम्प्युटरमा रहन देशको लागि राम्रो नभएको उनीहरुको तर्क छ।
फ्रान्समा केचअप

फ्रान्स सरकारले केचअप प्रयोगमा प्रतिबन्ध लगाएको छ। फ्रान्सको भोजनमा नराम्रो असर पारेको भन्दै प्रतिबन्ध लगाएको हो। मानिसहरु स्वाद फरक पार्नको लागि विभिन्न परिकारमा केचअप प्रयोग गर्दै आएका थिए। फ्रान्सको चलिआएको परिकारहरुको जगनै बिगारेको भन्दै केचअप प्रयोग गर्न नदिइएको हो।
संयुक्त राज्य अनि सिंगापुरमा खुर्सानी स्प्रेगर्ने साधन

केही देशहरुमा आत्मरक्षाको लागि भनि खुर्सानी छर्ने साधन प्रयोगमा ल्याइन्छ। तर केही देशहरु भने यसलाइ हतियारको रुपमा प्रयोग गर्न सकिन्छ भन्दै प्रतिबन्ध गरेको पाइन्छ। संयुक्त राज्य अनि सिंगापुरमा खुर्सानी छर्न प्रयोग गरिने कुनै पनि साधन प्रयोग गर्न पाइदैन।
साउदी अरबमा बार्बी डल

साउदीमा अहिले सम्म महिलाले भोट पनि दिन पाउदैनन। तर बार्बी डल (गुडिया) पनि किन्न पाइदैन साउदी अरबमा। यसको सट्टा ‘फुला डल’ भन्ने गुडिया बनाइएको छ। बार्बीको सट्टा ‘फुला डल’ भने किन्न पाइन्।
गुडिया जस्ती एन्जेलिका (फोटो फिचर)
चीनमा पुनर्जन्मको लागि पूर्व अनुमति

चीनमा यदि अर्को जन्म लिनु छ भने यो जन्ममै अनुमति लिनु पर्ने हुन्छ। यस्तो अनौठो नियम बनाउनुको कारण भने तिब्बतका बुद्ध धर्माबलम्बीहरुलाइ उनीहरुको धार्मिक रितीरिवाजमा रोक लगाउने हुनसक्छ।
तपाइको पुर्वजन्म भएको थियो, पुर्वजन्मका १४ प्रमाण
साउदी अरबमा भ्यालेन्टाइन्स डे

मुस्लिमहरुको विश्वासमा आघात पुग्ने भन्दै साउदीमा भ्यालेन्टाइन डे प्रतिबन्ध गरिएको छ। मानिसहरुले एक अर्कालाइ चिठी र गिफ्ट दिन नसकुन भनि भ्यालेन्टाइन डेको अघिपछि सबै गिफ्ट अनि फुलका पसलहरु प्रतिबन्ध लगाइन्छ। तर अचम्म चाही के हुन्छ भने, यो प्रतिबन्ध हुदै गर्दा गिफ्ट र फुलका कालोबजारी भने बढ्ने गरेको छ।मानिसहरु लुकिछिपी गिफ्ट अनि फुलहरु बेच्ने गर्छन।
इरानमा महिलाले फुटबल हेर्न पाउदैनन

इरानमा कतिपय पुरुष खेलहरु प्रतिबन्ध गरिएको छ, जस्तो कि, फुटबल। छोटा कपडामा हुने पुरुषहरुको खेल हेर्दा महिलामा वासना बढ्ने अनि मस्तिष्कमा राम्रो प्रभाव नहुने भन्दै फुटबल हेर्न महिलालाइ प्रतिबन्ध गरिएको छ। तर सन् २०१४ को फिफा मा भने यो नियमको विरोध गर्दै महिलाहरुले फुटबल हेरेका थिए।
विजुलीको बल्ब परिवर्तन गर्न नपाइने भिक्टोरिया

अस्ट्रेलियाको दोस्रो धेरै जनसंङ्ख्या भएको राज्य भिक्टोरियामा लाइसेन्स प्राप्त इलेक्ट्रिसियन हैन भने विजुलीको बल्ब पनि परिवर्तन गर्न पाइदैन। यो नियम नमान्नेलाइ १० डलर सम्म जरिवाना तिराइन्छ।
मर्न प्रतिबन्ध

इङल्याण्डको ‘हाउस अफ पार्लियामेन्ट’ मा मर्न प्रतिबन्ध लगाइएको छ। यो भवन राजकीय भएको हुँदा यहाँ मर्न नपाइने नियमनै बनाइएको छ। यदि कसैको मृत्यु भएको खण्डमा भने उसलाइ राज्यले राजकीय सम्मान सहित दाहसंस्कार गर्नेछ।
चीनमा ज्यास्मिन फुल

टुनिसियाको ज्यास्मिन क्रान्ति पछि चीनमा प्रदर्शनकारीहरुले अर्को छुट्टै क्रान्ति सुरु गरेका थिए। यी प्रदर्शनकारीहरु ज्यास्मिन क्रान्तिबाट प्रभावित भएको भन्दै प्रदर्शनकारी सहित ज्यास्मिन फुलनै प्रतिबन्धित गरियो। फुल अनि बोट सहित ज्यास्मिन शब्द भएका गीत, म्यासेज पनि प्रतिबन्धित छन् चीनमा।