१५ मंसिर, दाङ।

पवननगर–७ खैरिपुरका एकै घरका दुई बालकले विष सेवन गर्दा आज एक जनाको मृत्यु भएको छ एक अर्का बालक गम्भीर बिरामी भएका छन् ।

घरमा राखिएको विषादी तरकारी खाँदा प्रेम भण्डारीका तीन वर्षीय छोरा सुजलको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

त्यसैगरी विष सेवनबाट छ वर्षीय सुदीप भण्डारीको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तिनले सेवन गरेको विष तरकारीमा राखिने विषादी ‘अग्रानोफस्टफेट’ भएको डा सुबोध शर्माले जानकारी दिए । रासस