१५ भदौ, बीरगञ्ज ।
वीरगंजमा आज बिहानैदेखि तनाब देखिएको छ । स्थानीय प्रसासनले कर्फयू आदेश जारी गरेपनि प्रदर्शनकारीले कर्फयूको अवज्ञा गर्दै प्रदर्शन गर्न खोजेपछि तनाब बढेको हो । यसबीच कर्फयू उल्लंघन गरेको भन्दै प्रहरीले गोली चलाउँदा पर्सामा ६ जना प्रदर्शनकारी घाइते भएका छन् ।
बहुअरीका सन्दीप पटेल र दिपेश पटेललाई प्रहरीको गोली लागेपछि नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने नारायणी उपक्षेत्रीय अस्पतालपरिसरमा गोली चल्दा थप ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान नरेन्द महतो अस्पतालका कर्मचारी विनोद महता र अतरिया देवी रहेका छन । अस्पताल परिसरमा गोली कस्ले चलाएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।उता प्रदर्शनकारीले पर्साको भिसवा प्रहरी चौकीमा तोडफोड गरेका छन् ।
प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको सीमा चेकपोष्टमा पनि आगजनी भएको छ ।यसअघि हिजो प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी विरगंजमा एक प्रदर्शनकारीको ज्यान गएको थियो ।
त्यसै गरि बारमा प्रर्दशनकारीले निशेधीतक्षेत्र तोडन खोजेपछि प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ । भिडलाई नियन्त्रण प्रयासमा ९ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी संग भएको झडपमा केहि प्रर्दशनकारी घाइते भएका छन् ।