२० वैशाख, एजेन्सी ।

व्रिटिसका राजकुमार विलीयमकी पत्नी केट मिडल्टनको टपलेस तस्विर प्रकाशित गरेको आरोपमा ६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ । सन् २०१२ मा विलीयम र उनकी पत्नि केट छुट्टी मनाउन गएको बेलाको उक्त तस्विर फ्रान्सको एक म्याग्जिनले छापेको थियो । शाहि परिवारको अपमान गरिएको भन्दै प्रकाशकलाई उक्त आरोप लगाइएको हो ।

विलीयमले अदालतमा पठाइएको पत्रमा भनिएको छ, ‘यो पहिलो घटना होईन । पत्रकारले मेरी आमासंग पनि यस्तै गरेका थिए, जुन मलाई अहिलेसम्म याद छ । यस पटक पनि त्यस्तै भयो । हामीलाई गोपनियताको हक छ । यहाँ यसको यसको हनन गरिएको छ । ‘

फ्रान्सको क्लोजर म्याग्जिनले केटको टपलेस तस्विर छापेको थियो भने प्रोभिन्स नामक अर्को पत्रिकाले उनको विकिनी लगाएको तस्विर प्रकाशित गरेको थियो ।

फ्रान्सका दुई फोटोपत्रकारले लामो लेन्सबाट लुकेर फोटो शुट गराई प्रकाशित गरको आरोप छ । यसै विषयमा उक्त पत्रिकाका सम्पादक, चिफ एग्जीक्युटिभ र प्रकाशक निर्देशकविरुद्ध मुद्धा दर्ता गराईएको छ ।