सन्दर्भ: २१ औ जनयुद्ध दिवस

प्रयास पराजुली

विचार एउटै । सिद्धान्त एउटै । तर व्यवहार फरक–फरक । एउटै नीतिलाई आत्मसाथ गरेर मार्ने र मर्ने प्रण गरेर जनयुद्धको सुरुवात गरेको नेकपा माओवादी २१ बर्षको बीचमा पाँच टुक्रामा विभाजित भएको छ ।

Prachanda Baburam Baidya

जनयुद्धको क्रममा माओवादी र राज्य पक्षबाट झण्डै १३ हजार भन्दा बढी नेपाली आमाका छोरोछोरीहरुले ज्यान गुमाए । हजारौ घाइतेहरु पीडाको जीवन विताइरहेका छन् । हजारौ वेपत्ताहरुको परिवारको आँखामा अझै आँशु ओभानो भएको छैन् । सहिद परिवारको कन्तविगोज छ । घाइतेको अवस्था दयानिय छ । वेपत्ताको पीडा दिनप्रतिदिन बल्झिदै गएको छ ।

जनयुद्ध सुरु हुँदा माओवादीले जनयुद्धमा होमिन गरेको आह्वान अनुसार लाखौ मानिस लाम्बद्ध भए । प्रचण्डको निर्देशनमा देश र जनतालाई अधिकार सम्पन्न बनाउन र समानताको जग बसाल्न पार्न र मर्न तयार भए । विचार कति शक्तिशाली हुँदो रहेछ भन्ने दह्रो उदाहरण हो प्रचण्डको निर्देशन । प्रचण्डकै विचारले माओवादीका जनयुक्ति सेनाहरुले प्रहरी चौकी कब्जा गर्न सफल भए । जिल्ला सदरमुकाम हुँदै राजधानीमा समेत सफल फौजी कारवाही गर्न सफल भएका थिए ।

विचार नै हतियार हो भनेझैं प्रचण्डको विचारबाटै हजारौ मानिस मार्न र मर्न तयार भएका थिए । तर त्यो विचारले गम्भीर धक्का खाएको भन्दै आज जनयुद्धमाथि नै प्रश्न चिन्ह खडा भएको छ । जनयुद्ध गरिबको मुक्तिको लागि थियो कि नेताहरुलाई सत्तामा पुर्याउने भर्याङ थियो ?

जनयुद्धमै भएको धेरै जनपक्षिय काम
माओवादीले जनयुद्धको क्रममा धनीका घरबाट भकारी फुटाएर धान बाड्ने काम गर्यो । गाउंगाउंमा जनताको मन जित्ने गरी जाँड रक्सी खानेलाई भाटे कारवाही गर्यो । जुवा तास खेल्नेलाई तास चपाउन लगायो । बहुबिबाह गर्नेलाई कारवाही गर्यो । छुवाछुत गर्नेमाथि डन्डा बर्सायो । धनी र गरिबबीच देखिएको फाटोलाई पुर्ने काम गर्यो । जनतासंग एकाकार भएर खेतीपातीमा जुट्यो । आवाज विहीनहरुलाई आफ्नो अधिकार माग्ने बनायो । जाड रक्सीको घ्याम्पा फुटाइयो । जुवा तास खेल्नेहरुको होस हवास उठ्यो । जाड रक्सी र जुवातास पूर्ण रुपमा बन्द हुँदा समाजमा शान्ति कायम गर्न सहज भयो ।

माओवादीले लाखौ पीडित महिलाहरुको मन वित्यो । गरिब शोषित पीडितहरुले आफ्नो अभिभावक माओवादीलाई मान्न थाले । माओवादीले देशभरी नै छुट्टै जनसरकार चलायो । जसले गर्दा पीडितहरुले गाउंमै न्याय पाउने अवस्थाको सृजना भयो ।

माओवादीको सम्झन लायक त्यो जीवनशैली

prachanda-baburam smilingजनयुद्धमा माओवादीका के नेता के कार्यकर्ता जीवनशैली एउटै थियो । बोल्ने शैली एउटै थियो । ठूलो सानोको भेदभाव थिएन । एउटा सुर थियो एउटै ताल थियो । जनयुद्धमा लागेकाहरुको बोलीबचन आचार विचारमा कुनै फरकपन थिएन । एउटै शैली र लयमा जनता सामु प्रस्तुत हुन्थे । पार्टीको लाइन अनुसार नै काम गर्ने । निर्देशनलाई पालना गर्थे ।सबै कार्यकर्ताले सोही अनुसार जनतासंग प्रस्तुत हुन्थे । माओवादीका नेताहरुको कार्यशैली देख्दा अन्य पार्टीका नेता चित खान्थे । शान्ति प्रक्रियामा आएपछि पनि माओवादीका नेताहरु को हुन भन्ने ठ्याक्कै पत्ता लगाउन सजिलो हुन्थ्यो । शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र बाबुरामको पोसाक एउटै थियो । हेयर स्टाल समेत एउटै थियो । अन्य नेता र कार्यकर्ताको जीवनशैली पनि निकै सरल र साधारण थियो ।

के सोचे पहिले माओवादीले के भयो अहिले…..

prachanda and press meet narayankaji

के सोचेथे मैले के भयो अहिले… भन्ने गीत झै माओवादीले जनयुद्धको सुरु गर्दाको विचार उदेश्य देश र जनताको लागि मुक्ति गराउने थियो । जनयुद्ध सुरु गर्दा समानता ल्याउने उदेश्य राखिएको थियो । जसको पछाडि लाखौ शोषित पीडित बन्द बोक्न तयार मात्र तयार भएनन मार्न र मर्न समेत राजि भए । किनकी सधैको चिथोमिचो सधैको अन्याय अत्यार सहनु भन्दा मृत्यु रोज्न नै गरिबहरुले आफ्नो मुक्तिको बाटो देखे । जसलाई प्रचण्डले नेतृत्व गरे । दस बर्ष देशमा जनयुद्ध भयो । जनयुद्ध उत्कर्षमा पुग्न लागेको बेला १२ बुँदे सहमति हुदै माओवादी शान्ति प्रक्रियामा आयो ।

माओवादीले राजतन्त्रको अन्त्य चाहेको थियो । मुख्य शत्रु ठानेको राजनतन्त्रको जरोकिलो माओवादीको बलमा ०६२÷०६३ सालको जनआन्दोलन मार्फत सफल भयो । माओवादीले धेरै सपना देखेर आएको थियो । तर शान्ति प्रक्रियाका ११ बर्षको अवधिमा माओवादी सोच्नै नसक्ने गरी भताभुङग भएको छ । ती सुन्दर सपनाहरु अलपत्र परेका छन् । यतिसम्म कि एउटै विचार लिएर मर्न मार्न तयार भएका नेताहरु पाँच टुक्रामा विभाजित भएका छन् । जसको कारणले जनयुद्धमा लागेर बाँचेकाहरुको मन कुडिएको छ । नेताहरुसगको विश्वासमाथि कालो बादल मडारिएको छ ।

यस कारण पाँच टुक्रा भयो माओवादी

prachanda-baburam-baidya-biplab

शान्ति प्रक्रियामा आएपछि माओवादी शहर केन्द्रित भयो । सुख सुविधा ऐस आराम माओवादीको रोजाइमा पर्न पुग्यो ।

पहिलो संविधानसभा निर्वाचन मार्फत माओवादी देशको ठूलो पार्टी बन्यो । माओवादीले सरकारमा रथारोहण सुरु गरेपछि सुरु भएको थियो माओवादीभित्रको भाँडभैलो । सरकारमा सहभागी हुनु भन्दा अघि नै माओवादीमा स्थायी गुटबन्दी थियो । प्रचण्ड भट्टराई र वैद्यको तीन गुट थियो । प्रचण्डले सरकारको नेतृत्व गरेपछि वैद्यल गुटले प्रचण्डलाई तत्कालिन प्रधानसेनापति रुक्माङगत कुटवालालाई कारवाही गर्न दबाब थियो । सोही कारणले प्रचण्डले सरकार छोडनु पर्यो ।

नागरिक सर्वोच्चताको नाममा माओवादीले सातसम्म गरेको आन्दोलत तुहिएपछि माओवादीमा विभाजनको सुरुवात भएको थियो । सरकारबाट बाहिरिएपछि माओवादीमा कार्यकर्ताको आक्रोश बढ्दै गयो । त्यसपछि प्रचण्ड भट्टराई र वैद्यको बीचमा निकै ठूलो टकराव पर्यो । दुवैलाई मिलाउने भूमिकामा प्रचण्ड देखिए । अन्ततः एउटालाई गुमाउनु पर्ने परिस्थितिमा प्रचण्ड पुगे ।

प्रचण्डलाई घुडाँ टेकाउनको लागि वैद्य र भट्टराईले धोवीघाट गठबन्ध निर्माण गरेपछि बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रचण्ड राजी भए । भट्टराईकै पालमा सेना समायोजन लगायको नाम एकतर्फी रुपमा गरेको भन्दै तीन बर्ष अघि वैद्यले पार्टी फुटाए । संविधान जारी भएपनि बाबुरामले पनि प्रचण्डको साथ छोडेर माओवादी विचारधारालाई नै त्यागेर नयाँ शक्ति जन्माएका छन् । शान्ति प्रक्रियामा आएपछि मातृका यादवले नेकपा माओवादी बनाए । मणि थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाए । वैद्यले नेकपा क्रान्तिकारी गठन गरे, वैद्यसंग पनि फुटेर नेत्रविक्रम चन्दले नेकपा माओवादी गठन गरेका छन् ।

शक्ति सम्पत्ति र सत्ताले विग्रियो माओवादी
सुनारको सय चोट लोहारको एकै चोट भनेझै लामो त्याग तमस्या र वलिदानीबाट आएको माओवादी ११ बर्षको बीचमा सीसा फुटेजसरी टुक्रा–टुक्रा भएको छ । माओवादी विभाजित हुनुको मुख्य कारण शक्ति, सम्पत्ति र सत्ता प्राप्ति नै हो । माओवादी सरकारमा सहभागी भएपनि सत्ताको भोग पलायो । पार्टीको नीति र विचार विर्सिएर माओवादीका नेताहरु धन सम्पत्ति जोडन थाले । माओवादी यस्तो अवस्थामा आइ पुग्यो कि सत्ता विना पार्टी सञ्चालन नै हुन सक्दैन ।

फुटेका माओवादी जुटाउने सुरसार
शान्ति प्रक्रियामा आएपछि पाँच टुक्रामा विभाजित भएपछि संसदमा माओवादी पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ। माओवादीले उठाएको संविधानसभाको नाराले सार्थकता पाएको छ । ६५ बर्षपछि मूलुकले नयाँ संविधान प्राप्त गरको छ । गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी संघीयता लगायका मुद्दा संविधानमा लिपिबद्ध भएका छन् । तर कार्यान्वयन गर्ने चुनौती माओवादीको बीचमा धेरै रहेको छ ।

प्रचण्ड र वैद्यबीच यस बीचमा पार्टी एकताको लागि गृह कार्य भएको छ । जनताले पार्टी विभाजित गरेर जादा पत्याउने अवस्था नभएपछि दुवै पार्टी बीच एकताको गृह कार्य सुरु भएको छ । वैद्यले तीन बर्ष अघि पार्टी विभाजन गरेपनि फुटको औचित्य पुष्टि हुन नसकेपछि एकताको लागि तयार देखिएका छन् । प्रचण्डले पार्टी एकता हुन्छ भने आफू वैद्यलाई पार्टी अध्यक्ष मान्न समेत तयार रहेको बताउदै आएका छन् प्रचण्डले मणि थापा मातृका यादव र वैद्यसंग फागुनभित्र नै पार्टी एकता गर्न निकै जोडबल लगाएका छन् ।

यसरी सुरु भएको थियो जनयुद्ध

janayouddha
२०५२ साल फागुन १ गतेदेखि माओवादीले शान्तिपूर्ण ढंगले आफ्ना माग सुनुवाई नहुने भएकाले सशस्त्र युद्ध सुरु गरेको थियो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. बाबुरामम भट्टराईले बुझाएको ४० बुँदे माग सम्बोधन नभएको भन्दै माओवादीले शसस्त्र जनयुद्ध सुरु गरेको थियो । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो ।

१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका थिए । हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङग बनेका छन् । २०६३ मंसिर ५ गते माओवादीले हतियार बिसाएको थियो । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको ११ बर्ष बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् । माओवादीले दुई पटक सरकारको नेतृत्व गर्दा र पटक–पटक सरकारमा सहभागी हुँद समेत जनताको आधारभूति आवश्यकता पूरा गर्न नसकेको गुनासो व्याप्त छ ।

के सच्चिएला त माओवादी ?

prachanda face smiling looking upward mic puspa kamal dahalदस बर्षको जनयुद्धकै शैली शान्ति प्रक्रियामा आएपछि माओवादीका नेताहरुले आत्मसाथ गरेको भए सायद आज देशले ठूलै फड्को मारेको हुन्थ्यो । शान्ति प्रक्रियामा माओवादी कुहिरोभित्रको काग भयो । भलै प्रचण्डको जोरजवरजस्तीमा देशले नयाँ संविधान प्राप्त गरेको छ । अहिले के माओवादी सच्चिएला त भन्ने ठूलो प्रश्न कार्यकर्ताले गर्न थालेका छन्।

प्रचण्डलाई पार्टीलाई दुई बर्षको बीचमा एक नम्बर बनाउन प्रण गरेका छन् । सोही अनुसार एकता प्रक्रिया पनि अगाडि बढाएका छन् । माओवादीका नेता र कार्यकर्ताहरुले अलम्बन गरेको विचार र सिद्धान्त अनुसार नेताहरु अगाडि बढ्छन कि बढ्दैनन भन्ने सुरु भएको छ । माअ‍ोवादी सुविधाभोगी पदका भोका, जनताको काम गर्न अल्छी, भ्रष्टचारमा लिप्त भएको कारणले गर्दा जनविश्वास गुम्दै गएको छ ।

प्रचण्डले जनयुद्ध दिवस मनाउने,भट्टराईले छोरी अन्माउने