काठमाडौं ।

भारतीय पूर्व कुटनीतिज्ञ (राष्ट्रसंघका उपमहासचिव), पूर्व मन्त्री एवं सांसद शशी थरुरले नेपालमाथि अघोषित नाकाबन्दी लाद्ने नरेन्द्र मोदी सरकारको निर्णयको कटु आलोचना गरेका छन् ।

नेपाल जस्तो भातृत्वमा आधारित र खुला सीमाना भएको छिमेकीलाई निचोरेर इन्धन आपुर्ति रोक्ने मोदी सरकारको कदम आफ्नै असफलताको प्रतिबिम्ब हो- शशी थरुरले भनेका छन् । द क्वीन्टमा एक आलेख प्रकाशित गर्दै थरुरले भारतले नेपाली आम सर्वसाधारणहरुलाई दुःख दिने गरी लगाइएको नाकाबन्दीले नेपाललाई भन्दा कैयौं गुणा बढी घाटा भारतलाई गरेको निष्कर्ष निकालेका छन् ।

Sashi Tharoor speaking 1

शशी थरुर

Sashi Tharoor Article on Nepal India Relation 4

शशी थरुरले भारतीय नाकाबन्दीले नेपाललाई चरम संकटमा पुर्‍याएको र भारतविरुद्ध उग्र भावना पैदा गरेको, भारतले प्रधानमन्त्री कोइरालालाई पुनः उम्मेदवार बन्दा समर्थन गरेर गलत घोडामा दाउ लगाएको, केपी ओलीलाई चिढाएर भारत विरोधी बनाएको, नेपालले संविधान बनाउँदा भारतले क्षेत्रीय शक्तिको जस्तो नभएर निम्छरो ब्यवहार देखाएको निष्कर्ष नकालेका छन् ।

Sashi Tharoor Article on Nepal India Relation 3

अमेरिकाले सन् १९५० ताका माओत्से तुङले चीनबाट तिब्बतसम्म लङमार्च गर्दै चीन कब्जा गरेर अमेरिका निकट चियाङकाइ शेक लगायतलाई ताइबानमा निर्वासनमा पठाएपछि चीन कस्का कारण गुम्यो भनेर अमेरिकामा बहस चले जस्तै मोदी सरकारको कदमले ७ दशक अघि अमेरिकाले भोगेको नियती नेपालमा भारतले पनि भोग्न सक्ने चेतावनी दिएका छन् ।

Sashi Tharoor Article on Nepal India Relation 2

भारतले नेपालमा संविधान सर्वस्वीकार्य हुनु पर्ने सुझाव दिनु सामान्य भएपनि परंपरागत शैलीमा ठूल्दाइ प्रवृत्ति देखाएर नेपाललाई घाँटीमा अठ्याउने कदम गलत भएको उनको निष्कर्ष छ ।

शशी थरुरले खुला सीमाना कायम राख्न सक्ने छिमेकीसँग भारतको ब्यवहारले राम्रो संकेत नदिएपनि पहाडी बाहुल्यता रहेको काठमाडौंको नेतृत्वले पनि भारतीय चासो सम्बोधन गर्ने तर्फ समझदारी देखाउनु पर्ने थियो भनेका छन् ।

Sashi Tharoor Article on Nepal India Relation 1

मधेशमा समस्या भएपनि त्यसको समाधान नहुनु तर भारतले नेपालका मधेशीहरुलाई उचालेर आन्दोलन गराइरहेको बुझाइ नेपालमा बढ्दै जानु भारतका लागि घातक भएको उनको भनाइ छ । उनले मधेश आन्दोलन पृथकताबादी मोडमा प्रवेश गरेमा भारतले नेपालका शरणार्थीको भिड ब्यवस्थापन गर्न समेत नसक्ने उनको निष्कर्ष छ ।

Sashi Tharoor Article on Nepal India Relation

नेपालमा संविधानको अन्तिम खाका तयार भएर जारी हुने तय भएपछि भारतीय दुतले काठमाडौंमा पुगेर दिएको दवाव निक्कै ढिला र कच्चा भएको भन्दै उनले भारतले संविधान जारी भएपछि देखाएको आक्रोश केटौले भएको टिप्पणी गरेका छन् ।

मोदी सरकारको विदेश नीतिमाथि प्रश्न उठाउँदै शशी थरुरले भारतीय विदेश नीतिका विद्यार्थीलाई समेत एसिया महाद्वीपमा भारतीय भूमिका मन पर्न छोडेको भनेका छन् ।

भिडियो हेर्नुस्


असफलता र घमण्डको मिश्रणकोरुपमा नेपालसँगको ब्यवहार देखिएको र पाकिस्तान, माल्दिब्स लगायतका छिमेकीसँग पनि भारतको रबैया यस्तै रहेको उनको भनाइ छ । भारतले समयमै आफ्नो रबैयामा बदलाव नल्याए धेरै कुरा गुमाउने चेतावनी समेत उनले दिएका छन् ।

यो पनि हेर्नुस्

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

 

नेपालमाथि नाकाबन्दी अमानवीय, नेपाल चीनसँग नजिकिने खतरा- भारतीय कांग्रेस

 

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)