२९ भदौ, काठमाण्डौ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपमा माओवादीले संविधानसभाले असोज तीन गते सार्वजनिक गर्ने संविधनप्रति असहमती जनाउँदै संघर्षका कार्यक्रमसहित धारणा सार्वजनिक गरेको छ । तीन दलले जबरजस्ती जनविरोधी संविधान जारी गर्न लागेको भन्दै माओवादीले असोज ३ गते नेपाल बन्दको आयोजना समेत गरेको छ ।

‘कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं सहीदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौँ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ’ पार्टी प्रबक्ता खड्कबहादुर विश्वकर्मा द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनर पक्षको कुराको सुनुवाइ नगरी जबरजस्त संविधान घोषणा गर्ने कार्यले राज्यको अग्रगामी पूनर्संरचना गर्न माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता र माओवादी र संसदवादी शक्तिबीचको सहकार्य समाप्त भएको बताएको छ ।

विज्ञप्तिको पूर्णपाठः 

Biplab Maobadi