४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पत्रकार शालिकराम पुडासैनीको मृत्युपश्चात भइरहेका गतिविधिहरुले घटनाको अनुसन्धानमा असर गर्ने भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले आज बुधबार विज्ञप्ती जारी गर्दै सामाजिक संजालमा आउने धारणा र प्रदर्शनले स्वतन्त्र अनुसन्धानलाई प्रतिकुल प्रभाव पार्ने भएकाले त्यस्ता गतिविधिहरुमा सहभागी नहुन जनसमुदायलाई अपिल गरेका हुन् । यस्ता गतिविधिलाई प्रोत्साहन हुनेगरी धारणा सार्वजनिक नगर्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सहयाग पुर्याउन पनि पार्टीले सबै कार्यकर्तालाई निर्देशन दिएको छ ।

पत्रकार पुडासैनीको हत्याका लागि दुरुत्साहन गरेको अभियोगमा संचारकर्मी रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरी चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ । रविको पक्राउको विरोध र तत्काल रिहा गर्न माग गर्दै ठाउँ ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् ।