२३ वैशाख, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले र मधेसी मोर्चा मिलेर अगाडि बढनु पर्ने बताएकी छिन् । दलगत स्वार्थभन्दा माथि रहेको राष्ट्रपति भण्डारीले एमाले र मधेसी मोर्चा मिल्न नै आग्रह गरेकी हुन् ।

शिलत निवासमा राष्ट्रपति भण्डारीले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई शुक्रवार शितल निवासमा बोलाएर तपाईहरु (एमाले–मोर्चा) मिल्नु पर्नेमा जोड दिएकी थिइन । राष्ट्रपति भण्डारीले मधेससँग आफ्नो गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मधेसले सम्मान पाउनुपर्नेमा जोड दिएकी थिएन ।

भेटमा सहभागी एक नेताले नेपाली हेडलाइन्ससँग भने,‘राष्ट्रपतिले निर्वाचनमा मधेसी मोर्चा के गर्छ नाडी छाम्नको लागि बोलाउनु भएको रहेछ, निर्वाचनमा के गर्छ भनेर बुझ्न खोज्नु भएको रहेछ, हामीले संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा सहभागी हुदैन भन्यौ ।’

भेटमा राजपाका नेता र राष्ट्रपतिबीच न्यायपालिका र संसदबीच देखिएको द्धन्द्धले मूलुकलाई अप्ठ्यारो पार्ने विषयमा पनि छलफल भएको थियो । राजपाका नेताहरुले राष्ट्रपतिलाई मध्यस्तकर्ताको भूमिका खेल्न पनि सुझाव दिएका थिए ।

राष्ट्रपतिको भनाई उदृत गर्दै ती नेताले भने, ‘मधेसी मोर्चा र एमाले नजिक हुनु पर्यो, दुई पक्षको बीचमा छलफल गर्नु पर्यो, नमिलेर भएन मिल्नु पर्यो ।’

जवाफमा राजपाका नेताहरुले एमालेको अहंकारको कारण सहमति जुट्न सकेको बताएका थिए । भेटमा सहभागी राजपाका एक नेताले भने,‘हामी त मिल्न तयार छौ, एमाले तयार हुनु पर्यो, हामीले जहाँ जहिले पनि समस्या समाधान गर्न तयार छौं ।’ राजपाका नेताहरुले अहिले देखिएको दुरी घटाउनको लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेल्न आग्रह गरेका थिए ।

यो पढ्नुस्:

यसरी भुमरीमा फस्दैछन् प्रधानमन्त्री प्रचण्ड

देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु अघि प्रचण्डको शर्त