३ भदौ, काठमाडौं ।

संविधान जारी गर्ने समारोहमा सहभागी हुन प्रमुख दलका शीर्ष नेताहरु संविधानसभा भवन नयाँ बानेश्वर पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल, झलनाथ खनाल लगायतका नेता समारोहमा पुगेका छन् ।

sambidhan sava baneshwor (1)

प्रधानमन्त्री सुशील कोइराला पुग्न बाँकी रहेपनि अन्य नेताहरु समारोहमा उपस्थित भैसकेका छन् ।

समारोहमा पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हँसिलो मुद्रामा देखिएपनि एमाओवादीकै अर्का नेता बाबुराम भने निन्याउरो अनुहारमा देखिएका छन् ।

अव बाबुराम भट्टराइ के गर्लान- यस्तो संकेत देखियो …

संविधान जारी गर्ने समारोहको अन्तिम तयारी पुरा भएको छ । समारोहस्थलमा रातो कार्पेट तयारी राखिएको छ भने राष्ट्रपतिलाई सलामी दिने ब्यवस्था पनि भैसकेको छ ।